राप्रपा महाधिवेशन : अध्यक्षमा थापा र लिङ्देनबीच टक्कर

राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । २०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।

सम्बन्धित सामग्री

राप्रपा महाधिवेशन : पदाधिकारीको दौडमा को-को छन् ?

हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । साविक तीन अध्यक्षमध्ये पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरिसकेकाले अध्यक्षमा थापा र लिङदेनको द्विपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ ।