सवा एघार लाखभन्दा बढीलाई खोप लगाइँदै

लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानका क्रममा प्रदेशका १२ जिल्लाका ११ लाख २१ हजार ६०७ बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

भारतबाट फर्केकालाई गड्डाचौकीमै कोरोनाको खोप लगाइँदै

कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट स्वदेश फर्कने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। सीमानाकामा रहेको हेल्थ डेस्कमा केन्द्र राखेर एक सातादेखि खोप लगाउन सुरु गरिएको हो।भारतबाट फर्कने १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनेका खोप लगाइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। ‘एक सातादेखि खोप लगाउन सुरु गरिएको हो,’ कार्यालय प्रमुख सुनारले भने, ‘हालसम्म भारतबाट फर्कने ३ सयभन्दा बढीलाई खोपको पहिलो मा