सन्दीप लामिछानेद्वारा आरोप अस्वीकार

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । उनले कानुन सबैलाई बराबर हुने पनि स्मरण गराएका छन् । ‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ ।  

सम्बन्धित सामग्री

क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाखको धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले लामिछानेलाई अनुमति नलिई देशबाहिर नजान पनि आदेश दिएको छ।लामिछानेको पुनरावेदनमाथि सुनुवाई सकिएपछि आज उच्च अदालतका न्यायाधीश नन्द र ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए।आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै सन्दीपल

सन्दीप लामिछाने बिहिबार नेपाल आउने

काठमाडाैं । बलात्कारकाे आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहिबार नेपाल आइपुग्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू असोज २० मा नेपाल आउन लागेको बताएका हुन् । नेपाल आइपुग्ने बित्तिकै कानूनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने उनले स्पष्ट गरेका छन् । आफूमाथि लागेको आरोप अस्वीकार गर्दै […]

सन्दीप लामिछाने भागेकै हुन त !

काठमाडौं, ३१ भदौ । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सिंगापुर पुगेको खुलासा भएको छ । आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै चाँडै नेपाल फर्कने बताउँदै आएका लामिछानेले सिंगापुरमै बसेर कानुनी उपचार लिने प्रयास गरिरहेको खुलाशा भएको हो । उनलाई परामर्श दिन नेपालबाट अधिवक्ता सरोज घिमिरे सिंगापुर गएको स्रोतले जनाएको छ । लामिछानेले […]

हवाइ टिकट रद्द गरेर कहाँ हराए सन्दीप लामिछाने ?

काठमाडौं,भदौ, ३० । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको सात दिन बितिसकेको छ। तर विहिबारसम्म पनि उनी नेपाल फर्केका छैनन्। २ दिन लाग्ने बाटोमा ६ दिनसम्म नआए पछि सन्दीप कता गए भनेर जनसमुदायमा चासो बढ्दै गएको छ। शुक्रबार उनले आफूमाथि […]

सन्दीप लामिछाने क्यानको सम्पर्कमा, बलात्कारको आरोप अस्वीकार

काठमाडौँ। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा आएका छन्। जबरजस्ती करणीको आरोप लागेका सन्दीपले क्यानसँग कुराकानी गर्दै आफूमाथि लागेको आरोपको अस्वीकार गरेका छन्।