श्रीलङ्कामा राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिए

काठमाडौँ । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। भारतीय समाचार पत्र द हिन्दुका अनुसार सङ्कटकाल घोषणा भएपछि लगाइएको कर्फ्यु र त्यसका बाबजुद आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। […]