बाँकेका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर पहाडी जिल्लाहरुमा पठाई बिक्री गर्दै आएको एक गिरोहको प्रहरीले पर्दाफास गरेको छ ।
चोरीका मोटरसाइकल रोल्पा, प्यूठान, दाङ, जाजरकोट लगायतका पहाडी जिल्लामा बिक्री गर्ने कार्यमा एक संगठित गिरोह नै सक्रिय रहेको अनुसन्धानबाट खुलेपछि प्रहरीले सो गिरोहका ६ जनालाई पक्राउ गरेर बुधबार दिउँसो सार्वजनिक गरेको छ ।