हेटौंडा : बागमती प्रदेशको आजको प्रदेशसभा बैठक चल्न दिने सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने सहमति भएको हो। आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिपक्षी दलसँग भएको वार्तामा मुख्यमन्त्रीले संसदमा सम्बोधन गर्ने भएकाले बैठक सञ्चालन गर्न आग्रह गरेको प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले बताए। उनले आफूहरुले राखेको मागबारे मुख्यमन्त्री