क्लब छाडेको ५ वर्षपछि ब्राजिलका भेटरान डिफेन्डर ड्यानी आल्भेस पुनः बार्सिलोना फर्कने भएका छन् । क्लबले ३८ वर्षीय खेलाडीलाई भित्र्याउन सैद्धान्तिक सहमति गरिसकेको बताएको हो ।बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेनसँग ९ वटा लिग उपाधि जितेका आल्भेस सन् २०२१–२२ सिजनका बाँकी समयका लागि क्लबसँग आबद्ध हुनेछन् । ब्राजिलियन खेलाडीले सन् २००८ देखि २०१६ सम्म ८ वर्ष बार्सिलोनामा बिताउँदै ६ वटा लिग उपाधि जितेका थिए । यसक्रममा उनले तीनवटा च्याम्पियन्स लिग र चारपटक कोपा डेल रेको उपाधि पनि जितेका छन