पत्रकार किशोर श्रेष्ठलाई लिन निवासमै पुग्यो प्रहरी टोली

काठमाडौं। जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले आफ्नो कार्यालय लगेको छ। शनिबार बिहान प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमै पुगेर उनलाई ब्युरोमा लगेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तसँग समाचारको विषयलाई लिएर उत्पन्न विवादका सम्बन्धमा दुवै पक्षबाट निवेदन परेपछि साइबर ब्युरोले श्रेष्ठलाई […]