रातोपाटी ब्रिफिङ : आफूलाई अब्बल देखाउने होडमा उम्मेदवार, राप्रपाको प्रचारमा मनिषा कोइराला

आज मिति २०७९ साल कात्तिक महिनाको २५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. अब्बल देखाउने होडमंसिर ४ गतेको चुनावमा जतिसुकै कमजोर भएपनि उम्मेदवारले आफू नै अब्बल भएको दाबी गर्दै चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । चुनावको मिति जति नजिकिँदै छ, उति नै दल तथा उम्मेदवारले प्रचारप्रसारलाई तिव्रता दिएका हुन् । यस्तै रातोपाटीले देशका विभिन्न स्थानमा पुगेर चुनावको रिपोर्टिङ गर्दै आएको छ । सिन्धुपाल्चोक,