नागरिकता विधेयकमा एमालेले ब्यूँतायो ७ वर्षे प्रावधान

२ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो । एमाले […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक विरोध: देशभक्त युवा नेपाल र नेमकिपा सडकमा (फोटोफिचर)

नेमकिपाले नागरिकता विधेयकमा पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ। यस्तै नागरिकता विधेयक मुलुकको हितमा नरहेको भन्दै गरिएको उक्त प्रदर्शनमा देशभक्त युवा नेपाल समूहमाथि प्रहरी हस्तक्षेप समेत भएको छ।...

नागरिकता विधेयकमा एनआरएनएको अधिकार प्रति कुनै समस्या छैन

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)का कोषाध्यक्ष सुनिल शाहले नागरिकता विधेयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् । आइतबार टेक्ससको युलेश स्थित रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखा कार्यलयमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आईसीसी कोषाध्यक्ष शाहले फिर्ता भएको नागरिकता विधेयकमा एनआरएनए नेपालीको अधिकार प्रति कुनै पनि […]

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्छ : खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताए । राष्ट्रिय मुद्दामा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेकोमा आफ्नो यस […]

नागरिकता विधेयकमा विश्वसनीयता

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेपछि मुलुक पक्ष र विपक्षमा उभिएको छ।...

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्यो : शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले देश हितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महँगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।  नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ । अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्

नागरिकता विधेयक राष्ट्रियसभाबाट फिर्ता गर्नुपर्ने मिश्रको माग

काठमाडौँ । रवीन्द्र मिश्रले नागरिकता विधेयक राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै मिश्रले नागरिकता विधेयकबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले नागरिकता विधेयकमा भएका धेरै प्रावधान सकारात्मक भए पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह लगत्तै नेपाली नागरिकता दिन सकिने व्यवस्था घातक रहेको उल्लेख गरेका छन् ।

नागरिकता विधेयकमा ५४ सांसदद्वारा संशोधन प्रस्ताव

काठमाडौँ – सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा […]

नागरिकता विधेयक : फुकेन अंगीकृतको गाँठो

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍यो । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गोविन्द  प्रसाद शर्मा (कोइराला)ले बताइसकेका  छन् । आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ ।नागरिकता विधेयकमा नमिलेको मुख्य विषय हो( वैवाहिक अंगीकृत नागरिकतामा कस्तो प्रावधान राख्ने  भन्ने । २०६३ सालमा बनेको ऐनअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउनेबित्तिकै विदेशी महिलाले नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सक्छन् । यही व्यवस्थाको निरन्तरताको पक्षम

सरकारले फिर्ता लियो नागरिकता विधेयक

काठमाडौँ । सरकारले विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेस गरिसकेको छ । तर उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर […]