फेरी लगाउँदै आएका धनकुमार जोगी

दिक्तेल बजारमा फेरी लगाउँदै आएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका  धनकुमार जोगी । पछिल्लो समय प्रत्येक गाउँमा पुगेर घरघर डुल्दै फेरी लगाउने प्रचलन हराउँदै गएको छ ।  

सम्बन्धित सामग्री

फेरी लगाउने काममा युवा पुस्ताको चासो घट्दो, परम्परा नासिने खतरा

जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् । फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ । रातका समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

पुरुष 'फेरी' लगाउँदै, महिला अकबरे खुर्सानी फलाउँदै

तेह्रथुम : जोगी समुदायको पुर्ख्याैली पेशामा पुरुषहरू जाने गरेका छन् भने जोगी समुदायका महिलाहरू यति बेला व्यवसायिक अकबरे खुर्सानी खेतीमा लागेका छन्। पुरुषले गाउँ सहरबाट ‘फेरी’ लगाएर ल्याएको चामल पैसाले मात्रै घरखर्च चलाउन मुस्किल पर्दै गए पछि जोगी समुदायका महिलाहरू अकबरे खेतीबा...