रातोपाटी ब्रिफिङ : राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, थापा र लिङ्देनले लगाए उम्मेदवारको टुंगो

पाठकवृन्द नमस्कार ! सधैँझै आज पनि हामी रातोपाटी डटकमको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौं । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ ।१. संसद बैठक आह्वानराष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधि