चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं.२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका लामिछाने समयमै उपस्थित हुन नसक्ने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गरिएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए । उनका अनुसार लामिछानेले रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएका थिए […]