विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा होमिएका बालेन्द्र (बालेन) शाह पूर्वी नेपालको साताव्यापी सांगठनिक तथा धार्मिक यात्रा सकेर शनिबार साँझ राजधानी फर्किएका छन्। उनले काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर केन्द्रीय राजनीतिको यात्रा आरम्भ गरेका हुन्। मधेस प्रदेशको राजधानी जनकपुरबाट सुरु भएको उनको यात्रा कोसी प्रदेशका ६ पहाडी जिल्ला छिचोल्दै विराटनगर विमानस्थलबाट टुंगिएको हो। पार्टीका […]