ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा!

सन् २०२५ सेप्टेम्बरमा ग्वाङ्जाउ विमानस्थल मेरो लागि भयको पिँजडा बन्यो। म केवल उडानबिच अड्किएको थिइनँ। म त दुई संसारबिच अड्किएको थिएँ जहाँ एकतर्फ चम्किला तथा अत्याधुनिक संरचना र मधुर आवाजले भरिएको विमानस्थलको सूचना थियो भने अर्कोतर्फ आगो, गोली र जेन-जीले गरेको आन्दोलनको भुमरीमा जलेको मेरो मातृभूमि नेपाल।