चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपासमा लामो समयदेखि देखिँदै आएको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार रोनाल्डो चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकै कुमाल ताल क्षेत्रमा आज बिहान मृत भेटिएको हो। निकुञ्जका अनुसार करिब २४ वर्षअघि रोनाल्डो पहिलोपटक चितवनमा देखिएको थियो। त्यसयता […]