७ वटै प्रदेशमा नर्स आन्दोलनका विषयमा अनुगमन टोली गठन

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको मुख्य समितिले अनुगमन टोलीको संरचना पनि तोकेको छ। टोलीमा नेपाल नर्सिङ संघका प्रतिनिधि संयोजक रहनेछन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालय, आन्दोलनरत नर्सका प्रतिनिधि र प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।