पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार झापाको शिवसताक्षी नगरपालिकास्थित लालपानीमा खेलिरहेका बेला खुट्टामा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ […]