चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक खुलाइए पनि नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी जाम हट्न सकेको छैन । मङ्गलबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक खुलाइए पनि साँघुरो सडक, पुल तथा सवारीसाधनको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ लामो जाम लागेको हो । तिहार मनाउन काठमाडौँ जाने र काठमाडौँबाट बाहिरिने यात्रु तथा सवारीसाधन जाममा फसेका […]