काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शनसहित व्यापक जनसभा सम्पन्न गरेको छ। पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो कार्यक्रम तेस्रो चरणको जनपरिचालन अभियानअन्तर्गत आयोजित गरिएको हो। जिल्लास्तरका सभामा पार्टीका केन्द्रीयदेखि शीर्ष नेताहरूले सम्बोधन गरे। महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मीमा तथा उपमहासचिव पृथ्वीसुब्बा […]