गएको २३ र २४ भदौमा देशभरका सहरहरूमा भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीतर्फ हालसम्म ७२ जनाको ज्यान गइसकेको छ भने १३ सयभन्दा बढी घाइते छन्। राज्यका महत्त्वपूर्ण सरकारी कार्यालय, मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास, सर्वोच्च अदालतलगायत अदालतहरू, सुरक्षा निकायका कार्यालयहरू, प्रहरी पोस्टहरू, मालपोल कार्यालय, निजी तथा व्यावसायिक भवनहरू पनि जलाइएको छ। […]