कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा विधान संशोधनसहित विभिन्न प्रस्ताव तथा प्रतिवेदन पेश गरिएका छन्। बन्दसत्रमा कांग्रेस नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा पुस्तान्तरणका नाममा पार्टीका हरेक आन्दोलन र संघर्षका चरणमा योगदान दिएका नेताकार्यकर्तालाई विधि र प्रक्रिया विपरीत अपमानित गर्ने काम भइरहेको उल्लेख गरिएको छ। […]