गण्डकीका कृषिमन्त्रीको सम्पत्ति : बागलुङमा पुर्ख्यौली घरजग्गा, सहकारीमा १० हजार नगद

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सरकारी पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था भएपनि उनले मन्त्री बनेको पाँच महिनामा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मन्त्री बुढाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सहकारीमा १० हजार रुपैयाँ मात्र वचत रहेको उल्लेख छ । मन्त्री बुढाले बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ मा २ ठाउँमा संगोलमा पुख्र्यौली जग्गा भएको उल्लेख गरेक