रुपन्देही र चितवनमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं : रुपन्देही र चितवनमा गएराति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयामा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा लु ४८ प १८३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रामु लोधको मृत्यु भएको हो।गम्भीर घाइते भएका उनको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ। रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरमा गएराति कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पैदलयात्री

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु - Nepal Japan

ललितपुर, रुपन्देही, सिन्धुली, दैलेख, सिन्धुपाल्चोक, हुम्ला र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटना

दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु

रुपन्देही । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा रुकुमको मुसिकोट नगरपालिका-१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ मझगावास्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राती करिब ८ः५० बजे भैरहवाबाट […]

बुटवलको दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका ४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ […]

सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु।४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाअनुसार रुपन्देही, रौतहट, झापा र मकवानपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। रुपन्देहीको कंचन गाउँपालिका-४ थकाली चोक, रौतहको गुजरा नगरपालिका-६ बेदौलीनगर, झापाको मेचीनगर नगरपालिका-१० टिकापुर र मकवानपुरको भिमफेदी गाउँपालिका-३ कैलाश डाँडा ऐनाभिरमा सवारी दुर्घटना भएका हुन्।

सवारी दुर्घटना हुँदा र ढिस्कोले पुरिँदा ११ जनाको मृत्यु

काठमाडौं :   रुपन्देही, कपिलवस्तु, बाँके, पर्सा, मोरङ, कैलाली र चितवनका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। रुपन्देही :  शुद्धोधन गाउँपालिका–४ जुगैडियास्थित सडकमा लु६८ प ३५६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका–४ बस्ने २० वर्षीय प्रभु चौधरीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका म

रुपन्देहीमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किदा २ को मृत्यु, ५ घाइते

रुपन्देही सैनामैना नगरपालिका वार्ड नं.८ रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ३५ प ५०१९ नं.को मोटर साईकल र विपरित दिशाबाट जाँदै गरेका लु ४२ प ७०९६ नं.को मोटर साईकल र लु २४ प ७४७२ नं.को स्कुटी ठोक्किदा दुर्घटना भएको हो।