रुकुम पश्चिमको ग्रामीण क्षेत्रका सवारी साधनमा नयाँ भाडादर कायम

असोज १८, रुकुम । रुकुम पश्चिममा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ । रुकुम पश्चिमका आन्तरिक रुटमा सञ्चालन हुने  सवारी साधनको नयाँ भाडा कायम गरिएको छ ।  शुक्रवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले रुकुम पश्चिमका ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनहरुको नयाँ भाडादर कायम गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडा अनुसार रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा सञ्चालन गरिने यातायातका साधनको  भाडादर  समायोजन गरिएको  छ । यसअघि जिल्ला यातायात व्यवस्थापन समितिले गत वर्षको माघ ११ गते भाडादर समायोजन गरिएको थियो ।  इन्धनमा भएको मुल्य वृद्धि र सडक स्तरोन्नतिको आधारमा भाडा समायोजन गरिएको यातायात व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्लामा रहेका सडकलाई ३ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।  जसमा  ‘क’ वर्गमा सञ्चालित सवारी साधन वसको लागि प्रति किलोमिटर ४ रुपैयाँ ५० पैसा, जिपको लागि ५ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाग गैह्रेले जानकारी दिएका छन् ।  उनका अनुसार ‘ख’ वर्गको सडकमा चल्ने सवारी साधन वसको लागि ७ रुपैयाँ ५० पैसा र जिपको लागि ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । त्यस्तै ‘ग’ वर्गको सडकमा चल्ले सवारी साधन जिपको लागि ९ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको छ यातायात व्यवस्थापन समितिका अध्यक्ष गैह्रेले जनाए ।  रुकुम पश्चिम जिल्लामा ‘ग’ वर्गको सडकमा बसको लागि रुटपरमिट दिइएको छैन । यसअघि गत वर्षको माघमा भाडा समायोजना गरिएको भएपनि उक्त भाडादर अहिलेसम्म पनि पूर्ण रुपमा कार्यान्वन हुन सकेको छैन् । अहिले त्यसमा ५० पैंसा मात्र वृद्धि भएको छ ।  अघिल्लो वर्ष नै समायोजन गरिएको  भाडादर पूर्ण रुपमा कार्यन्वयन नहुँदै  नयाँ भाडादर कार्यान्वयन हुनेमा स्थानीयले शंका व्यक्त गरेका छन् । स्थानीय रमेश खड्काले भने, ‘गतवर्षकै भाडादर कार्यन्वयन भएको छैनन्, यस पटक निर्धारण गरेको भाडादर पनि लागू हुनेमा उनले शंका व्यक्त गरेका छन् ।  नेपाल सरकारले  सवारी साधनमा २८ प्रतिशत भाडा बढाएकोले अहिले रुकम पश्चिममा पनि नयाँ भाडादर समायोजन गरिएको जानकारी दिइएको छ । नयाँ भाडादर सबै टिकट काउन्टर र सवारी साधनहरुमा यात्रुहरुले  प्रस्ट देखिने गरी राख्ने निर्णय गरेको छ । यातायात व्यवसायीले यात्रुको नाम, ठेगाना, प्रस्ट हुने गरि टिकट काटेर मात्र सवारी साधन सञ्चालन गर्न पाउने छन् । यसका साथै चाडपर्वलाई लक्षित गर्दै मुसीकोटको खलंगा र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय पनि भएको छ ।  समितिले तोकिएको भन्दा बढी भाडा नलिन र लिएको पाईएमा कारवाही हुने चेतावनी समेत दिएको छ । यात्रुलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न आग्रह गरिएको छ ।  तोकिएको भाडादर भन्दा वढी लिएमा नजिकैको जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रशासन कार्यालयका साथै प्रमुख जिल्ला अधिकारीलाई समेत वढी भाडा लिने सवारी साधन नम्बर सहित खबर गरेमा तुरुन्तै कारबाही हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

रुकुम पश्चिममा सवारी साधनको नयाँ भाडादर

रुकुम पश्चिममा सवारी साधानको नयाँ भाडादर तोकिएको छ । केही दिनअघि बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भाडादर समायोजन गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडाअनुसार जिल्लाभित्र पनि भाडा समायोजन गरिएको छ ।जिल्लामा पछिल्लो पटक गत वर्ष माघ ११ गते भाडादर समायोजन गरिएको थियो । इन्धनमा भएको मूल्य वृद्धि […]