काठमाडौँ, १ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रणसम्बन्धी विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले नेपालमा आवश्यक सुरक्षणयुक्त कागजात तथा सामग्री स्वदेशमै उत्पादन गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताए । […]
छुटेको जग्गा दर्ता सिफारिस पत्र पठाइदिन सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा ४० हजार ५४२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी प्राप्त गरेको जनाएको छ । आयोगले तीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरी फर्स्योट गरेको छ । आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन पेस गरेपछि आयोगका प्रवक्ताले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै […]