दमकल, एम्बुलेन्स र शववाहन विपद्का सवारी : कस्तो छ स्थानीय सरकारको तयारी ?

प्राकृतिक विपत्ति र महामारी कहाँ कुन समयमा आउँछ पत्तो हुँदैन । भूकम्प, बाढी पहिरो, आगलागी, महामारीजन्य रोगको प्रकोप बाजा बजाएर आउँदैन ।यस्ता विपत्तिबाट बच्न, बचाउन जनचेतना जगाउने र यदि भइ हालेमा क्षति न्यूनीकरण गर्ने र उद्धार गर्ने कार्य महत्त्वपूर्ण हुन्छन् । काठमाडौँ उपत्यकाका ३ जिल्लाका स्थानीय निकायले विपत्को समयमा प्रयोग हुने दमकल, एम्बुलेन्स साथै शववाहनको सामान्य तयारी गरेका छन् । काठमाडौँ बाहिरका अधिकांश स्थानीय निकायले एम्बुलेन्स व्यवस्थापन गरे पनि दमकल र शववाहनको व्यवस्था भने थोरैले मात