गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मत परिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३सय ६ मत ल्याई विजयी भएका हुन्। गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित…