मेस्सी भित्रिएयता इन्टर मियामीको पहिलो हार, १२ खेलको अपराजित यात्रा टुंगियो

न्यूयोर्क। अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आबद्ध गरेयता इन्टर मियामीले पहिलो हार ब्यहोरेको छ। अमेरिकी मेजर लिग सकर-एमएलएसअन्तर्गत आइतबार बिहान एटलान्टा युनाइटेडसँग उत्रिएको इन्टर मियामी ५-२ गोलले पराजित भयो। मेस्सीले भने यो खेल खेलेका थिएनन्। चोटका कारण उनी मैदान उत्रन असमर्थ भएका थिए। मेस्सीलाई आबद्ध गरेयता मियामी १२ खेलयता अपराजित रहेको थियो।