बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जु