एनएमबि हाइब्रिड फण्ड एल–१ माघ मसान्तसम्म साढे ६९ लाख नोक्सानीमा

फागुन १२, काठमाडौं । माघ मसान्तसम्म एनएमबि हाइब्रिड फण्ड एल–१ रू. ६९ लाख ५६ हजार नोक्सानीमा रहेको छ । पुस मसान्तसम्म रू. १ करोड ८२ लाखभन्दा बढी नाफा गरेको योजनाले माघ महीनामा आम्दानी घटेकाले नोक्सानी व्यहोर्नु परेको हो ।  पुस मसान्तसम्म रू. ३ करोड २३ लाखभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने रू. ९३ लाख ८२ हजार मात्र आम्दानी गरेको हो । खर्च भने पुस मसान्तसम्म रू. १ करोड ४० लाखभन्दा बढी भएको थियो भने माघ मसान्तसम्म रू. १ करोड ६३ लाखभन्दा बढी भएको छ ।  माघ मसान्तसम्म धितोपत्रमा कमिशन सहित रू. ९१ करोड ९२ लाख ७२ हजार लगानी गरेको योजनाको उक्त लगानीको बजारमूल्य रू. १ अर्ब ११ करोड ८१ लाख ३९ हजार रहेको छ । योजनाको धितोपत्रमा लागत मूल्यभन्दा बजारमूल्य बढी रहेको हो ।  बैक मुद्दती निक्षेपमा भने योजनाले माघ मसान्तसम्म रू. १५ करोड लगानी गरेको छ । बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।  माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १४ दशमलव ८२ रहेको छ । पुस मसान्तसम्म यो मूल्य रू. १५ दशमलव शून्य ८ रहेको थियो ।

सम्बन्धित सामग्री

एनएमबि सरल बचत फण्ड - इ को एनएभी रू. १०.१४

चैत १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चलित एनएमबि सरल बचत फण्ड - इ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार योजनाको एनएभी माघ मसान्तको तुलनामा फागुन मसान्तसम्ममा घटेको छ । योजनाको एनएभी माघ मसान्तसम्ममा रू. १० दशमलव ३८ रहेकोमा फागुन मसान्तसम्ममा रू. १० दशलमव १४ कायम भएको हो । त्यसैगरी यस योजनाले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३० करोड ९ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्त सम्ममा भने रू। ३१ करोड थियो । त्यसैगरी योजनाले फागुन मसान्त रू. ८० लाख नाफा कमाएको छ ।यो नाफा माघ मसान्तसम्मको तुलनामा भने ६१ प्रतिशतले कमि आएको हो । माघ मसान्तसम्ममा योजनाले रू. २ करोड ६ लाख नाफा कमाएको थियो । फागुन महीनामा योजनाको खर्चमा वृद्धि भएसँगै आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । माघ मसान्तसम्ममा कुल रू. २ करोड ७८ लाख आम्दानी गरेको उक्त फण्डको आम्दानी फागुन मसान्तसम्ममा रू. १ करोड ५९ लाखमा झरेको हो ।