खोटाङमा आवधिक नगर विकास योजना निर्माण सुरु

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना निर्माण प्रकृया सुरु गरिएको छ । नगरलाई आधुनिकीकरण गर्दै देशकै नमूना र गन्तव्य नगर बनाउने लक्ष्यकासाथ रुपाकोट मझुवागढी नगरपालिकाको दीर्घकालिन र अल्पकालिन आवधिक योजना निर्माण प्रकृया सुरु गरिएको हो । स्थानीय विकास मन्त्रालयले मुलुकका ९० वटा नगरको आवधिक नगर विकास योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने योजना अनुशार मुलुकमै पहिलोपल्ट रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना निर्माण प्रकृया थालिएको हो । आवधिक नगर विकास योजना निर्माणका लागि भदौ २२ गतेदेखि परामर्श एबं वेसलाईन सर्भेका काम थालिएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।