कोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट

चितवन । कोभिड–१९का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका सञ्चालकरूले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे । शुरूमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आबद्ध हुन पुगेका छन् । सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए । बकुलहरमा बन्द रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट शुरू गरेको हो । उनका अनुसार रु १६ करोड लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो । पूर्वी चितवनकै सुविधा सम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाइने गरी व्यवस्थापन गरिएको दाबी सञ्चालकले गरेका छन् । सुपरमार्केटका सञ्चालक एवं सौराहा भेन्चरस् प्रालिका अध्यक्ष नारायण भट्टराईले शरूमा सपिङ सेन्टर मात्रै सञ्चालन गर्ने लक्ष्य लिइएपनि विस्तारै २ सिनेमा हल सञ्चालनमा ल्याइने बताए ।  सुपरमार्केटको पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेनवेयर तथा इलेक्ट्रिकल पसल राखिएको छ । तेस्रो तलामा स्केट पार्क रहने छ । सौराहामा रहेका होटल तथा रेष्टुराँलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको भट्टराईले बताए । अर्का सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई विस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजना बनाएको छ । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । सौराहाका होटल सञ्चालक समय समयमा हुने व्यावसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ । रासस

सम्बन्धित सामग्री

माकुराले बन्द गरायो सुपरमार्केट

भियना । अस्ट्रियाको एक सुपरमार्केटमा ब्राजिलियन घुमफिर माकुरा देखिए पछि बन्द गरिएको छ ।  जसको टोकाइले पीडादायी स्थायित्व र मृत्यु समेत हुन सक्ने भएकाले सो माकुरा देखिएपछि सुपरमार्केट बन्द गरिएको हो । फक्स न्युजको रिपोर्टका अनुसार एक स्टोरका प्रबन्धकले केराको बक्सामा माकुरा देखेपछि सुपरमार्केट बन्द गरिएको थियो र तत्काल अनुसन्धान गर्न फायर ब्रिगेडलाई बोलाइएको थियो। […]

धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा

कैलाली । धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । उपमहानगरपालिका–३ बोराडाँडीमा शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु भएको हो । देशकै सबैभन्दा ठूलो चेन सुपरस्टोरको यो २३ औं स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम […]

कोभिडले बनायो सुपरमार्केट

सुरुमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आवद्ध हुन पुगेका छन्। सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए।...

चीनमा ड्रयागन फ्रुट्समा कोरोना देखिएपछि सुपरमार्केट बन्द

चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् ।  स्वास्थ्य अधिकारीहरुले आयात गरिएका बस्तुहरुमा आपतकालिन जाँच गरेका  छन् । साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । कोभिडको नयाँ लहर […]

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

बेइजिङ, २२ पुस : चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादनहरुमा आपतकालिन जाँच गरिएका छन् । साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ […]

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

बेइजिङ । चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादनहरुमा आपतकालिन जाँच गरिएका छन् । साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । कोभिडको […] The post चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

साइबर आक्रमणबाट पाँच सय सुपरमार्केट बन्द

स्टकहोम, (एजेन्सी) । भयानक साइबर आक्रमणको कारण स्विडेनमा रहेका करिब पाँच सयवटा को–अपरेटिभ सुपरमार्केट स्टोर बन्द हुन पुगेका छन् । हाल विश्वभरिका संघ संस्थाहरू साइबर आक्रमणको शिकार हुने क्रम बढिरहेको छ । को–ओप स्विडेनले शुक्रबार आफ्ना करिब आठ सयवटा स्टोरमध्ये ५० प्रतिशतभन्दा बढी बन्द गर्नुपरेको जनाएको छ । ह्याकरहरूले सुपरमार्केटमाथि प्रत्यक्ष हमला गरेका भने हैनन् […]