५ करोड लागतमा निजामती आवशिय विद्यालयको निर्माण सम्पन्न

धनकुटा नगरपालिका वडा नं ७ चुलिवनस्थित निजामती आवशिय विद्यालयको अत्याधुनिक, सुबिधासहितको तीनतले भवन ५ करोड लागतमा निर्माण कार्य सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले निर्माण सुरु गरेका चिस्यान केन्द्र अलपत्र

धनगढी – सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७८ सालमा चिस्यान केन्द्र निर्माण कार्य सुरु गरेको भएपनि अझै निर्माण सम्पन्न हुन सकेका छैनन्। किसानको मागअनुसार आलु, तरकारी र फलफूल भण्डारणका लागि सुदूरपश्चिम सरकारले प्रदेशका बिभिन्न जिल्लामा १३ वटा चिस्यान केन्द्र निर्माण गर्न २०७७ सालमा ५ करोड बजेट छुट्याएको थियो। मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयमार्फत […]

निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो अस्पताल भवन

दैलेख : जिल्लाको महाबु गाउँपालिकामा १० शय्याको अस्पताल भवन निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ। संघीय सरकारको योजनाअन्तर्गत निर्माणाधीन १० शय्याको अस्पताल भवनको ढलान भत्किएपछि पानी चुहिने भएको हो।तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका पालामा ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’अन्तर्गत महाबु गाउँपालिकामा निर्माण हुँदै गरेको १० शय्याको अस्पताल भवन निर्माणकै चरणमा भत्किन थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।भ्याट बाहेक ५ करोड ५४ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई नि

पूर्व मुख्यमन्त्री शाहीद्वारा नमुना बस्ती हस्तान्तरण

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गरेका छन् ।  आइतबार एक कार्यक्रमका बीच उनले बस्ती हस्तान्तरण गरेका हुन् ।प्रदेश सरकारको लगानीमा रास्कोट नगरपालिका–२ मा ५२  घर निर्माण भएका छन् भने वडा नं.–३ मा ५४ घर ७ मा ७४ वटा घरहरु निर्माण भएका छन् । घरहरु निर्माणमा कर्णाली सरकारको ५ करोड रकम खर्च भएको बताइएको छ ।यो क्षेत्र जनयुद्धको आधार इलाका भएको हुनाले यहाँका जनताले जनयुद्धको बेल

भलवारीमा साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ भलवारीस्थित साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण सम्पन्न भएको छ।...

५ करोड ४५ लाखको लागतमा पुरातात्विक शैलीमा विद्यालय भवन पुनर्निर्माण

जेठ १६, दोलखा । यस जिल्लाको भीमेश्वर नगरपालिका २ मा रहेको राजकुलेश्वर आधारभुत विद्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । दाताको ५ करोड ४५ लाख १६८ रुपैयाँको लगानीमा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको हो । हेल्प नेपाल नेटवर्क नामक गैह्र सरकारी संस्थाको लगानीमा भवन निर्माण सम्पन्न भएको राजकुलेश्वर अधारभूत विद्यालयका प्रधानअध्यापक प्रकाश दहालले जानकारी दिए । विसं २०७२ सालमा भुकम्पले विद्यालय भवन ध्वस्त भएपछि विद्यार्थीरु टहरोमा अध्ययन गरिरहेका थिए । दाताको सहयोगका कारण अब भने विद्यार्थीहरुले अध्ययन गर्न सुविधा सम्पन्न भवन पाएको प्रधानाध्यापक दाहालले बताए । भवन निर्माणको समन्वय स्थानीय राजहिटी समाज दोलखाले गरेको थियो भने मुख्य सहयोगीहरुमा रोटरी क्लव अफ पाटन दरवार स्क्वायर र नेप्लीज सोसाईटी अफ टेक्सास रहेका थिए । उपभोक्ताहरुबाटै विद्यालय भवनको निर्माण गरिएको थियो । नवनिर्मित भवनको आइतवार भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले उद्घाटन गरेका छन् । उक्त अवसरमा मेयर मानन्धरले  दाता तथा सहयोगीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिंदै अवका दिनमा विद्यालय परिवार शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए । नवनिर्मित विद्यालय भवनमा एक बैठक कक्षसहित २६ ओटा कोठाहरु रहेका छन् । भुईंतला सहित तीन तल्ला रहेको उक्त भवन पुरातात्विक शैली झल्कने गरि निर्माण गरिएकोले दोलखा शहरको सौन्दय समेत बढेको स्थानीयहरुको भनाइ छ ।  विद्यालयमा बाल कक्षादेखि कक्षा आठसम्म अध्यापन हुने  गरेको छ ।

प्रधानमन्त्री देउवा भोलि खोटाङ आउँदै

खोटाङ : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार खोटाङ आउँदै छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउन लागेका हुन्। प्रधानमन्त्री देउवाले भोलि दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने छन्।मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रूपैयाँमा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो। स

दोलखाको चर्णावतीमा वृद्धाश्रम भवन निर्माण सम्पन्न

माघ २, काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर-७ चर्णावतीमा चर्नावती बृद्धाश्रमको निर्माण सम्पन्न भएको छ । निर्माण कार्य थालिएको करीब पाँच वर्षपछि बृद्धाश्रमको निर्माण कार्य सम्पन्न भएको हो । बृद्धाश्रम निर्माणको काम करीब सम्पन्न भइसकेको चर्णावती त्रिवेणी विकास संघका अध्यक्ष गुणबहदुर बुढाथोकीले बताए । बृद्धाश्रम निर्माणका लागि २०६९ सालबाट पहल शुरु गरिएपनि २०७४ सालबाट भवन निर्माण शुरु भएको उनको भनाइ छ ।  डिपिआरमा भवन निर्माणकालागि ५ करोड लागत अनुमान गरिएको भएपनि २ करोड ५६ लाखमा ठेक्का सम्झौता भएकोमा काम अधुरो भएकोले निर्माण सम्पन्न हुन स्रोत खोज्दा लामो समय लागेको अध्यक्ष बुढाथोकीले बताए । भवन निर्माण सम्पन्न भएपनि कम्पाउन्ड लागाउनको लागि स्रोतको खोजी भइरहेको उनको भनाइ छ । शैलुङ गाउँपालिकाका प्राविधिक रामकाजी कार्कीका अनुसार करीब २५ रोपनी जग्गामा बनेको बृद्धाश्रम तीनतले छ । ट्वाइलेट बाथरुम सहित भवनमा २१ कोठा रहेका छन् । भवनभित्रै भान्सा कोठा र प्रतीक्षालय समेत रहेको छ ।  भवन बनेपनि बन्दोवस्तीका सामान कसरी जुटाउने भन्ने अहिले चर्णावती त्रिवेणी विकास संघलाई चिन्ता छ । शैलुङ गाउँपालिकाले बृद्धाश्रमका लागि ५ लाख रुपैयाँ वार्षिक अनुदान दिँदै आएको छ । अब जिल्ला भित्रका सबै स्थानीय तहहरुसँग समन्वय गरेर बृद्धाश्रमका लागि खर्च जुटाउने योजना चर्णावती त्रिवेणी विकास संघको रहेको छ । त्रिवेणी क्षेत्रको विकासका निम्ति गुरुयोजना तयार गरिएको छ । गुरुयोजना अनुसार घाट, वृद्धाश्रम निर्माण भए तापनि अरु थुप्रै संरचना निर्माण स्रोत अभावका कारण सम्पन्न हुन सकेका छैनन् । गुरु योजना अनुसार सबै काम सम्पन्न हुन २५ करोड रुपैयाँ लाग्ने अध्यक्ष बुढाथोकीको भनाइ छ । आश्रम सञ्चालनको लागि नयाँपुलबाट दक्षिण, रामेछाप जाने पुरानो बाटोदेखि पूर्व, काठमाडौं–मन्थली जाने सडक पश्चिम र धमेलीखोला उत्तरको ४० हेक्टर जमिनको सामुदायिक वनबाट केही आम्दानी लिने र सोही क्षेत्रका नदी आसपास उत्खनन् गरिने बालुवा गिटी समेतबाट उठेको कर आश्रमलाई उपलब्ध गराइने तत्कालीन जिल्ला परिषदले निर्णय गरे अनुसार कार्यान्वयन भए बृद्धाश्रम सञ्चालनको लागि ठूलो भरथेग हुने अध्यक्ष बुढाथोकीले बताए ।

सात वर्षमा पनि बनेन बंगरी खोला पुल

५ करोड ४३ लाखमा भएको सो सम्झौताअनुसार २०७३ असारभित्र पुल बनिसक्नुपर्ने भए पनि अहिलेसम्म अधुरै छ। निर्माण कम्पनीको लापरबाहीका कारण पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल अझै अधुरै रहन गएकोे सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बताए...

गाउँपालिकाको भवन उदघाटन गर्न प्रचण्ड सिन्धुली आउँदै

सिन्धुली : पूर्व-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गाउँपालिकाको भवन उद्घाटन गर्न सिन्धुली आउने भएका छन्। सिन्धुलीको मरिण गाउँपालिकाको निर्माण सम्पन्न अत्याधुनिक सुविधा सम्पन्न प्रशासकीय भवन उद्घाटन गर्न उनी जान लागेका हुन्।ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सन कम्पनी प्रा.ली ले कुल ५ करोड लागतमा साढे तिन तलाको भवन निर्माण गरेको हो। मरिण गाउपालिका र अनक कन्ट्रक्सनलाई कम्पनी प्रा.ली बिच २०७७ पुष मसान्त सम्ममा भवन निर्माण सम्पन्न