१३ पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको चिन्ताबीच फ्रान्समा प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको छ । सोमबार फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सले कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने घोषणा गरेका हुन् । नयाँ ओमिक्रोन भेरियन्ट तीव्र गतिले फैलिएको र दैनिक संक्रमितको संख्या एक लाखमाथि पुगेपछि प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको हो । […]