प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार मध्यान्ह भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास स्रोतले यो भेटवार्तालाई नियमित भनेको छ ।  देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको र शपथका लागि राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो । देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएर आजै मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थि...