एमसीसी परियोजना अघि बढाउने सरकारको दायित्व:  गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताएका छन् । उनले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताए । मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले  यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि  बढाउनु  वर्तमान सरकारको दायित्व भएको बताए । यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उनको भनाइ थियो । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अ

सम्बन्धित सामग्री

एमसीसी परियोजनाबाट मुलुकले फाइदा लिन सक्नुपर्छः गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना मुलुकको हितमा रहेको भन्दै यसबाट फाइदा लिनसक्नुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले गरेको कार्यक्रममा एमसीसीका बारेमा अनावश्यक चर्चा चलेको भन्दै एमसीसी परियोजना मुलुकको हितमा रहेको र यसबाट फाइदा लिनुपर्ने बताएका हुन् । उनले एमसीसीका कारण उपभोक्तालाई […]

एमसीसी लिनु नेपालको अधिकार हो : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको सहयोग लिनु नेपालको अधिकार भएको बताएका छन् । उनले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि अमेरिकाले एमसीसी परियोजना ल्याएकाले नेपालले आफ्नो अधिकार प्रयोग गर्दै माग गरेको बताए । नेपाल प्रेस युनियन रुपन्देहीले मङ्गलवार तिलोत्तमामा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा उत्पादित बिजुली विदेशमा बेच्न प्रसारण लाइन र सडक […]