जुम्ला : बाढीपहिरोले कर्णाली राजमार्ग बन्द भएपछि बाढीपीडितलाई राहत दिन सकस भएको छ। बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरेको छ।जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट अत्यावश्यक सामग्री वितरण गरेको हो। नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा त्यस क्षेत्रमा केही राहत पुर्याइएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको