इमेलबाट राजीनामा पत्र पठाएका विष्टले प्रदेशसभा छाडेको सनाखत गराए

गत फागुन २७ मा इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गरेका छन् । बिहीबार सभामुख राजबहादुर शाही समक्ष उनले सनाखत गरेका हुन् । विष्टले काठमाडौंमा नै पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए । संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।उक्त उपधारामा निजले प्रदेशसभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ ।यद्य