काठमाडौं। वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट बनेको संघीय संसदकाे पहिलो अधिवेशन आह्वान गर्ने भएको छ । संघीय संसदकाे पहिलो अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे हाे । एक मन्त्रीले संघी संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताएका छन्। […]