प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको विरोध कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले मंगलवार पनि धर्ना दिएको छ । बार भवनको प्रांगणमा कालोपट्टी सहितको विरोध कार्यक्रम आयोजना गरिएको हो । न्यायालयमा देखिएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध बारले विरोधका कार्यक्रम गर्दै आएको छ ।  न्यायपालिकाको गरिमा कायम राख्न विवादित प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने माग ब्यानरमा पनि राखिएको छ ।