राहत वितरण प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पबाट पीडितहरूलाई राहत वितरण प्रभावकारी बनाउन आग्रह गरेका छन् । आयोगले प्रभावित जिल्लाहरूको स्थलगत अनुगमनपछि शुक्रबार आयोगले सरकारलाई राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएको हो ।