अफगानिस्तानबाट शुक्रबार आइपुगे १ सय ६५ नेपाली

काठमाडौं : अफगानिस्तानबाट शुक्रबार १ सय ६५ नेपाली स्वदेश फर्कका छन्। उनीहरू जजिरा एयरको कुवेत–काठमाडौं उडानबाट आएका हुन्।परराष्ट्र मन्त्रालयले अहिलेसम्म ४ सय ६१ जना अफगानिस्तानबाट काठमाडौं आइपुगेका र ९ जना भने शुक्रबार राति आइपुग्ने जनाएको छ। स्वदेश फर्केकामध्ये धेरैजसो काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत र केही अन्य अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरू छन्।काठमाडौं आएकालाई अध्यागमन लगायतका प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित ‘होल्डिङ सेन्