बौद्धनाथ स्तुपामा वातावरणमैत्री झण्डा फरफराइँदै

विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा वातावरणमैत्री झण्डा फरफराइने भएको छ । आगामी शनिबार प्लास्टिक, नाइलनयुक्त झण्डाहरूलाई प्रतिस्थापन गरेर वातावरणमैत्री झण्डा फरफराइने उत्पला क्राफ्टले जनाएको हो ।