इजरायलबाट नेपालीको उद्धार गरेको भाडा निगमले माग्यो झन्डै ६ करोड

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले हमास आक्रमणपछि असुरक्षित इजरायलबाट नेपालीको उद्धार गर्दा लागेको भाडाबापत ५ करोड ७५ लाख रुपैयाँ सरकारसँग माग गरेको छ। गत २५ असोजमा वायुसेवा निगमको वाइडबडी जहाजले इजरायलको तेल अबिबबाट २ सय ५४ नेपालीको उद्धार गरेको थियो। नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका थिए। उक्त उडानभाडाका लागि निगमले […]