सत्ता साझेदार दलका तर्फबाट कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सत्ता साझेदार दलले यही पुस १४ गते कार्यदल बनाएको थियो । कार्यदलमा नेकपा (एमाले) उपाध्यक्षसमेत रहनुभएका उपप्रधान एवं अर्थमन्त्री पौडेलको …