जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

बाँके (हाम्रो खेलकुद) – बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमा च्याम्पियन बनेका छन् । जंगु पुरुषतर्फ तथा रुपमा महिलामा च्याम्पियन बन्न सफल भएको हो । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिक विधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा […]