दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटवार्ता

शुक्रबार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ ।‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिती रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । 

सम्बन्धित सामग्री

‘आरजु देउवा गिरफ्तार हुन्नन्’

काठमाडौं । आइतबार अपराह्नतिरबाट भुटानी शरणार्थी प्रकरण एकाएक चर्चाको चुलीमा पुग्यो । यस प्रकरणमा अभियुक्तका रूपमा पुर्पक्षका लागि थुनामा रहेका सन्देश शर्मा र जाहेरवाला गजेन्द्र बुढाथोकीबीच भएको भनिएको टेलिफोन वार्तालापमा सुनिएको आवाज सन्देश शर्माको नै भएको पुष्टि भएको भन्ने प्रहरी प्रधान कार्यालयको पत्र सार्वजनिक भयो । झन्डै डेढ मिनेटको वार्तालापमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी […] The post ‘आरजु देउवा गिरफ्तार हुन्नन्’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेरबहादुरजी नै प्रधानमन्त्री बन्नुहुन्छः आरजु देउवा

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छन्। आइतबार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन्। संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग […]

पाँच ठाउँबाट सिफारिस आरजु देउवा समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसल सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो । आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा […] The post पाँच ठाउँबाट सिफारिस आरजु देउवा समानुपातिक उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसको समानुपातिकमा आरजु देउवा पनि

३ असोज, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाउने भएको छ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको छ । २०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा […]

आरजु देउवा तीज कार्यक्रममा सरिक

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा जापामा आयोजित तीज कार्यक्रममा सरिक भएकी छिन् । जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदी र उनकी श्रीमती पुनम सुबेदीद्वारा आयोजित तीजविशेष नेपाली चेली (बुहारीहरुको कार्यक्रममा राणा प्रमुख अतिथिको रुपमा सहभागी भएकी हुन् । डा. राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् । उनी […]

आरजु देउवा र विजय चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् । उनीहरुबीच […]

आरजु देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, ११ साउन । उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेकी नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । चौथाइवालेले सामाजिक सञ्जाल ट्विटरमार्फत डा. राणासँगको भेटबारे तस्विर सार्वजनिक गरेका छन् । उनले आरजुसँग दिल्लीमा ६ महिनापछि पूनः भेटेको समेत […]

दिल्लीमा प्रचण्ड र आरजु देउवा बिच भेटघाट

काठमाडौं । शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवा बिच भेटघाट भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड […] The post दिल्लीमा प्रचण्ड र आरजु देउवा बिच भेटघाट appeared first on राजधानी राष्ट्रिय दैनिक.

केन्द्रीय सदस्यमा मनोनय दर्ता गराउन सभागृह पुगिन् आरजु देउवा

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु देउवा मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेकी छिन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछिन्। आफ्ना समर्थक सहित मनोनयन दर्ता गराउन उनी सभागृह पुगेकी हुन्।

एनआरएनए विवादमा फेरि तानिइन् प्रधानमन्त्री पत्नी आरजु देउवा

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन्। गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरेपछि उनी औपचारिक रुपमा विवादमा तानिएकी हुन्। यसअघि संघका केन्द्रीय पदाधिकारीले […]