बागमतीमा काँग्रेस अधिवेशन : निर्वाचन स्थलबाट हटाइयो चुनावी प्रचारका सामग्री, सुरक्षा व्यवस्थामा कडाइ

नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज केहीबेरमा मतदान सुरु हुने प्रदेश निर्वाचन समितिका निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जानकारी दिए ।बिहान १० बजेबाट मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको भएपनि मतपत्र छपाई लगायतका काम भइरहेकाले मतदानमा केही समय ढिलो हुने उनले बताए । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि)को खेल मैदानमा मतदानस्थल निर्माण गरिएको छ । मतदानलाई छिटो र सहज बनाउनका लागि १० वटा मतदान कक्ष निर्माण

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : मतदान अधिकृत बिरामी भएपछि वडाको मतदान नै रोकियो

नेपाली काँग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुनः विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।तर  केहीबेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना  निकालेपछि अधिवेशन पुनः अन्योलमा बनेको छ । मतदानको मिति र स्थान पटक–पटक निर्धारण भएपनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ । ‘अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा

काँग्रेस अधिवेशन : महोत्तरी–३ का मतदान अधिकृतले दिए राजीनामा

नेपाली काँग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनका मतदान अधिकृतले राजीनामा दिएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिकरुपमा प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै उनले आपत्ति जनाउँदै  मतदान अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएका हुन् । गत मङ्सिर १५ मा सहमतिमार्फत क्षेत्रीय अधिवेशन गर्ने सहमति भए पनि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन अन्तर्गत बन्द सत्र स्थगित गरेको थियो । बन्द सत्रको क्रममा होहल्लापछि स्थगि

प्रदेश २ मा काँग्रेस अधिवेशन उद्घाटनमात्र, निर्वाचन कार्यक्रम स्थगित

नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस धनुषाको लेटरप्याड प्रयोग गर्दै निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका हुन् । उनी काँग्रेस धनुषाका सचिवसमेत हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य प्राविधिक कारणले मंसिर १७ शुक्रबारका दिन स्थगित गरिएको छ ।’ प्रदेश २ को महोत्तरी र सर्लाहीमा काँग्रे

गच्छदारको निर्वाचन क्षेत्रमा काँग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागी निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।समयमै मतदान गर्न निर्वाचनस्थल आएका स्थानीय नेता, कार्यकर्ताहरूले मतदान सुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामाको माग गर्दै टिके प्रथा अन्त्य हुनुपर्ने बताएका थिए ।निर्वाचन अधिकृत यादवका

मतदान स्थलको विषयमा विवाद ,कपिलवस्तुमा काँग्रेस अधिवेशन स्थगित

विवादका कारण नेपाली काँग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अ

काँग्रेस अधिवेशन : भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन

नेपाली काँग्रेसको  १४  औं महाधिवेशन अन्तर्गत प्रदेश सभाको अधिवेशन सम्पन्न भएको छ ।  भक्तपुरका २ वटा निर्वाचन क्षेत्रका चार प्रदेश निर्वाचन क्षेत्रमा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।निर्वाचन क्षेत्र न. १ प्रदेश सभा (क) को सभापतिमा जयन्द्र खड्का निर्वाचित भएका छन्  भने उप सभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने विजयी भए । सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा संजिव पुरी र सरिता थापा निर्वाचित भएको काँग्रेस भक्तपुरले  जनाएको छ । सोही निर्वाचन क्ष

काँग्रेस अधिवेशन : रुपन्देहीमा प्यानलसहित दुई समूह मैदानमा

नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनअन्तर्गत रुपन्देहीमा दुईवटा समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । शुक्रबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन प्रकृया अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।उम्मेदारी दर्ता दाबी विरोध सकिएपछि अधिकांशका ठाउँमा बिहान ११ बजेबाट मतदान सुरु भएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले जानकारी दिए । रुपन्देहीमा प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन भइरहेको छ, जसमा रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेश सभा (क) मा भने विन्द

यी १० जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

पाली काँग्रेसको १० वटा हिमाली जिल्लाले अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबारसम्म २१ हिमाली जिल्लामध्ये १० वटाले निर्वाचन गरेर नयाँ नेतृत्व चयन गरेको छ। नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले २१ मध्ये १० वटाले हिमाली   जिल्लाले   नेतृत्व   र   महाधिवेशन प्रतिनिधि चयन गरिसकेको जानकारी दिए । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बाँकी रहेको ११ जिल्लाको अधिवेशनको टुङ्गो लागि नसकेको बताए ।  एक मात्र निर्वाचन  क्षे...

खोटाङमा काँग्रेस अधिवेशन :  ७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

नेपाली काँग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले जानकारी दिए ।सत्तरी वडामा सर्वसम्मत र आठमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । जि