अन्तरराष्ट्रिय बजारमा १०० डलरभन्दा तल झर्‍यो तेलको भाउ

चैत २८, पेचिङ (चीन) । अन्तरराष्ट्रिय बजारमा  सोमवार कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल १०० डलरभन्दा तल आएको छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाएको बन्दाबन्दी र अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य देशहरुले आफ्नो रणनीतिक भण्डारबाट कच्चा तेल र तेलजन्य प्रडक्ट झिक्ने योजना बनाएपछि तेलको भाउ चार डलरभन्दा धेरैले घटेको हो ।  लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ सोमवार प्रतिब्यारेल ४ दशमलव शून्य ९ प्रतिशतले घटेर ९८ डलर ५९ सेन्टमा आएको छ । यो अघिल्लो दिन कोमेक्स बन्द हुँदाको तुलनामा चार डलर २० सेन्ट कम हो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमक्स डिभिजनमा सोमवार वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ४ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल ९४ डलर शून्य ७ सेन्टमा आएको थियो । यो पनि अघिल्लो दिनको तुलनामा ४ डलर १९ सेन्ट कम हो ।  रणनीतिक भण्डारबाट तेल झिक्ने सरकारहरुको निर्णयले आगामी  महीना बजारमा देखिन सक्ने कसिलो आपूर्ति घटाउन मद्दत गर्ने र यसले निकट भविष्यमा मूल्य नियन्त्रण गर्ने विश्लेषण गरिएको छ । आईईएका सदस्य देशहरुले आगामी छ महीनामा ६ करोड ब्यारेल तेल भण्डारबाटबाट झिक्दै छन् । अमेरिकाले यस अवधिमा १८ करोड ब्यारेल कच्चा तेल निकाल्दैछ । छ महीनामा रणनीतिक भन्डारबाट दैनिक १३ लाख ब्यारेल तेल बजारमा आउने छ । यो रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाइएको प्रतिबन्धका कारण रुसी आपूर्तिमा आएको दैनिक १० लाख ब्यारेलको अभाव भर्पाई गर्न पर्याप्त हुनेछ ।  अहिले चीनमा कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोनका कारण साङ्हाईसमेत कयौं शहरमा संक्रमण बल्झिरहेको छ । ती क्षेत्रबाट संक्रमण अन्य शहरहरुमा पनि फैलिने र चीनको शून्य कोभिडको नीतिअनुसार थप क्षेत्रबाट बन्दाबन्दी भएर औद्योगिक उत्पादन र घरेलु खपतमा नकारात्मक प्रभाव पर्ने चिन्ता पछिल्लो समय उत्पन्न भएको छ । एजेन्सी  

सम्बन्धित सामग्री

कच्चा तेल प्रतिब्यारेल ८९ डलरमा झर्‍यो, आउने महिना उत्पादन थप बढाइने

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेल (डब्लूटीआई)को मूल्य प्रतिब्यारेल ८९ डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेल र मुर्बान कच्चा तेलको भाउ ९४ डलरमा झरेको छ । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य २ महिनामै झण्डै ४० डलरले घट्नुलाई ठूलो गिरावट मानिएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अझै घट्ने विभिन्न प्रक्षेपण सार्वजनिक भएका छन् ।

कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झर्‍यो

करिब ५ महिनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झरेको छ । फेब्रुअरी अन्तिमदेखि उच्च दरले बढेको कच्चा तेलको भाउ केही दिनयता घट्न थालेको हो । बिहीबार (साढे १ बजे) ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ९९.३२ डलरमा झरेको छ । त्यस्तै सो समयमा डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलरमा झरेको छ । एक महिनाअघि यी कच्चा तेलकाे भाउ १२० डलरभन्दा माथि थियो ।

खानेतेल उत्पादन एक चौथाइमा झर्‍यो

वीरगञ्ज । लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले बताए । कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध भएपछि उत्पादन करीब एक चौथाइमा झरिसकेको नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए । ‘यसअघि यहाँका उद्योगले क्षमताको ८० प्रतिशतसम्म उत्पादन गरिरहेका थिए । अहिले त्यो २५/३० प्रतिशतमा झरिसकेको छ,’ चाचानले आर्थिक अभियानसित भने । कच्चा पदार्थ आपूर्तिमा यस्तै समस्या रहिरहे उत्पादन अझ कम हुँदै जाने उद्यमीको भनाइ छ । नेपालका दुई दर्जन खानेतेल उद्योगमध्ये अधिकांश (१४ ओटा) यही कोरिडोरमा छन् । अन्य विराटनगर र भैरहवामा सञ्चालित छन् । स्वदेशी उत्पादकले युक्रेन र रूसबाट सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेल आयात गर्छन् । तोरीको अधिकांश परिमाण पनि यी देशबाटै आउने गरेकोमा २ महीनादेखि जारी तनावले आपूर्ति अवरुद्ध भएको छ । पाम तेलको मुख्य निर्यातकर्ता इन्डोनेशियाले अप्रिल २८ देखि आन्तरिक बजार मूल्य नियन्त्रणका लागि भन्दै निर्यात रोकेको छ । त्यहाँबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका उद्योगीलाई अहिले उद्योग चलाउनै कठिन भएको अर्का उद्योगी ओसीबी पूmडका सञ्चालक सुरेश रुंगटाले बताए । अर्धप्रशोधित तेल नपाएपछि अस्ट्रेलिया र भारतबाट भटमास मगाएर यहीँ पेल्न थालिएको रुंगटाले जानकारी दिए । गोदाममा राखिएको भटमासले १ महीना पनि धान्न नसक्ने रुंगटाले बताए । उनको उद्योगले अहिले दैनिक ८० मेट्रिक टन भटमास खपत गरिरहेको छ । अर्धप्रशोधित तेल आयात नभएपछि भटमासको दाना पेल्नु परेको उनले बताए । कच्चा पदार्थ आपूर्ति सहज नभए आन्तरिक बजारमा पनि अभाव हुनसक्ने उद्योगी बताउँछन् । कोरोना महामारीका कारण उत्पादनमा कमी आएपछि १ वर्षयता तेलको भाउ उकालो लागेको उद्यमीहरू बताउँछन् । १ वर्षअघिसम्म अन्तरराष्ट्रिय बजारमा प्रतिमेट्रिक टन १ हजार अमेरिकी डलर हाराहारी रहेको भटमासको अर्धप्रशोधित तेलको मूल्य अहिले २ हजार १ सय डलर पुगिसकेको उद्योगी चाचानले बताए । अन्तरराष्ट्रिय बजारमा देखिएको अभाव र मूल्यवृद्धिको दबाब स्वदेशी बजार मूल्यमा देखिएको छ । खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । रूस–युक्रेन तनाव शुरू भएयतामात्रै तेलको भाउ प्रतिलिटर ५० रुपैयाँ बढिसकेको छ । उद्यमी रुंगटाका अनुसार २ महीनाअघि प्रतिलिटर २५० रुपैयाँसम्म रहेको खानेतेलको मूल्य अहिले ३०० रुपैयाँ छ ।

कच्चा तेलको मूल्य किन लाग्यो ओरालो? यस्तो छ, साउदी अरब र रुसबीचको तेल राजनीति

बीबीसी- बिगत ३० वर्षमा तेलको भाउमा अहिले जति धेरै गिरावट कहिल्यै आएको थिएन। सोमबार जब एसियाली बजार खुल्यो कच्चा तेलको भाउ ३० प्रतिशतसम्म तल झर्‍यो। कारोबार सुरु हुनासाथ नै एक ब्यारेल कच्चा तेलको भाउ ४० डलरबाट घटेर ३१.५२ डलर भयो। खाडी युद्धपछि एकै कारोबार दिनमा कच्चा तेलको भाउमा यति